सोमबार, असार २२, २०७७

धुर्मुस र सुन्तलीको भरतपुरमा भव्य स्वागत

भरतपुर विमानस्थलमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को स्वागत गर्दै मेयर रेणु दाहाल । | तस्वीर: काठमाडौं प्रेस

भरतपुर, माघ २० : सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को भरतपुरमा भव्य स्वागत गरिएको छ।

आईतबार उनको स्वागतमा भरतपुर महानगरपालिका मेयर रेणु दाहाल, जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारी र सामाजिक संस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए। भरतपुर विमानस्थलदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल रामपुरसम्म उनीहरूलाई राष्ट्रिय झण्डा राखिएको गाडीमा लगिएको थियो ।

उनीहरूको स्वागतका लागि महानगरपालिकाले तारतम्य मिलाएको थियो भने स्थानीय वासिन्दा पनि स्वस्फुर्त रुपमा उपस्थित भएका थिए । उनीहरूको स्वागतमा बाटोमा पानीका घडाहरू राखिएको थियो । सामाजिक संस्था र टोलबासीले ब्यानर बाजागाजा सहित र्‍याली निकालेका थिए ।

आज रंगशाला निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको घोषणा हुनेछ भने रंगशाला निर्माणस्थलमा बोर्ड पनि राखिनेछ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरिसको छ ।

 Published Date: Sunday, 3rd February 14:18:34 PM