सोमबार, जेठ १९, २०७७

भरतपुर महानगरले खुला विश्वविद्यालयलाई जग्गा दिने

खुला विश्वविद्यालयका लागि जग्गा हेर्ने आएको शिक्षा मन्त्रालयको टोली

चितवन, फागुन १० : भरतपुर महानगरपालिकाले खुला विश्वविद्यालयका लागि जग्गा उपलव्ध गराउने भएको छ । 

भरतपुर महानगरपालिका प्रमुख  रेणू दाहालले महानगर पालिकाको वडा १४ र १५ मा रहेको २१ विघा जग्गा उपलब्ध गराउन सकिने बताएकी छन् । 
भरतपुर महानगर पालिकाले शिक्षा मन्त्रालयमा खुला विश्वविद्यालयको लागि महानगर तयार रहेको आसय सहितको पत्र पठाए पछि मन्त्रालयको सचिवको नेतृत्वको टोलीले फिल्ड अध्ययन गरेर फर्किएको छ ।

 विहिबार आएको सचिव नेतृत्वको शिक्षा मन्त्रालयको टोल्लिे भरतपूर महानगरपालिका वडा नम्वर १४ र १५ को २१ विघा जग्गाको निरीक्षण गरेको वडा नम्वर १४ का वडा अध्यक्ष ओम प्रकाश पोखरेलले काठमाडौं प्रेसलाई जानकारी दिए ।

‘देशकै मध्य भागमा पर्ने भएकाले पनि शिक्षा सचिवज्यूँ  ओपन विश्वविघालय चितवनमा बनाउन सकारात्मक हुनुहुन्छ’ पोखरेलले भने, ‘चाडै टूग्गोमा पुग्ने बताउनु भएको छ ।’
मेयर रेणू दाहालले खुला विश्वविद्यालय स्थापनाका लागि महानगर जस्तो सुकै सहयोग गर्न तयार रहेको बताईन । 
 

 Published Date: Friday, 22nd February 19:42:32 PM