सोमबार, जेठ १९, २०७७

महानगरले गिट्टी तथा बालुवाको कर उठाउने

रत्ननगर, माघ २८ : गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ ।

यसअघि सविकको जिल्ला विकास समितिले कर उठाउँदै आएको थियो । सङ्घीय सरकार गठन भएसँगै स्थानीय सरकारले गिट्टी तथा बालुवको राजश्व सङ्कलन गर्न पाउने भनिए पनि यसलाई कार्यान्वयन गराउन समय लागेकाले विगत सात महीनादेखि गिट्टी तथा बालुवा उत्खनन रोकिएको थियो ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७२ मा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारमा रहने उल्लेख छ । त्यसअनुसार, महानगरले प्राप्त राजस्वमध्ये ६० प्रतिशत उपयोग गर्न पाउनेछ भने छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने छ ।

गिट्टी तथा बालुवाको राजश्व सङ्कलनबाट करीब १० करोड राजश्व थपिने महानगरका कार्यकारीअधिकृत नेत्रप्रसाद सुवेदीले बताए । गत साउनदेखि बन्द भएको गिट्टी तथा बालुवाको राजस्व सङ्कलनका लागि बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएकोे उनले बताए ।

महानगरले चालू आर्थिक वर्षका लागि ५५ करोड राजश्व सङ्कलनको लक्ष्य लिएकामा गिट्टी तथा बालुवाको राजश्व थप हुने भएपछि लक्ष्यमा पुग्न सकिने अनुमान गरिएको छ ।

 Published Date: Monday, 11th February 12:45:37 PM