मंगलबार, असार २३, २०७७

बलात्कारको आरोपमा तीन पक्राउ

पाल्पा, जेठ १६ : पाल्पामा बलात्कारको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ। 

यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

किशोरीका परिवारको दिएको किटानी जाहेरीका आधारमा अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

 Published Date: Friday, 29th May 15:55:33 PM