सोमबार, चैत्र २४, २०७६

वाणिज्य संघको नयाँ नेतृत्वद्वारा सपथ ग्रहण

पर्सा, माघ १६ : वीरगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले सपथ ग्रहण गरेको छ । संघको ४३ औं सधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले एक समारोहबीच सपथ लिएका हुन् ।

वीरगंजको भिष्वा होटलमा आयोजित सपथ ग्रहणमा अध्यक्षको रुपमा नवनिर्वाचित अध्यक्ष गोपाल केडिया र अन्य पदाधिकारीलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न सपथग्रहण समारोहमा अध्यक्ष केडियासंगै बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, उपाध्यक्ष अनिल पटवारी, महासचिव माधव राजपाल, उद्योग सचिव अरबिन्द अमात्य, बाणिज्य सचिव प्रेमचन्द्र गोयल, कोषाध्यक्ष रबिन्द्रकुमार बर्णवाल र सहकोषाध्यक्ष गोबिन्दप्रसाद साहले सपथ लिएका हुन् ।

सपथ ग्रहणपछि बोल्दै अध्यक्ष केडियाले औधोगिक सुरक्षा तथा समवद्र्धनका लागि उधोग वाणिज्य संघ सदैव तत्पर रहने प्रतिवद्धता जनाए ।

संघको निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोरकुमार प्रधान, राजनीतिक दलका नेताहरु, संघका पूर्वअध्यक्षहरुलगायतले शुभकामना दिएका थिए ।

 Published Date: Wednesday, 30th January 14:08:02 PM