सोमबार, असार २९, २०७७

दुर्घटनामा घाइते सिडिओलाई काठमाडौँ ल्याइँदै

दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई ।

काठमाडौं, माघ १३ : दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ ।

शनिबार भएको दुर्घटनामा सशस्त्र प्रहरी बलको १२ नम्बर गणमा कार्यरत प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो । दुर्घटनामा प्रजिअ भट्टराईसँगै सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल पनि घाइते भएका थिए । गम्भीर घाइते भएका प्रजिअ भट्टराईको टाउँकोमा चोट लागेको छ ।

उनको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं ल्याउन लागिएको हो । प्रजिअ भट्टराईलाई हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रजिअ भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ जाने क्रममा शनिबार राति ८ः१५ पूर्वपश्चिम राजमार्गको पसाह खोला पुलनजिकै दुर्घटना भएको थियो ।

 Published Date: Sunday, 27th January 11:32:22 AM