बिहीबार, चैत्र २७, २०७६

वैशाख पहिलो हप्ताभित्रै प्रदेश–१ को राजधानी र नाम टुंगो लाग्छः मुख्यमन्त्री राई 

| तस्वीर:फाइल फोटो

विराटनगर, चैत २५ : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुंगो लाग्ने बताएका छन्।

 प्रेस चौतारी र प्रेस सेन्टर मोरङले सोमबार  विराटनगरमा आयोजना गरेको ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले भने,‘यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ।’  

पत्रकारको दक्षता अभिवृद्धिका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने बताउँदै मुख्यमन्त्री राईले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए। 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने आवश्यकता औंल्याए। 

 Published Date: Monday, 8th April 20:05:55 PM