सोमबार, चैत्र २४, २०७६

चिवाभञ्ज्याङबाट नयाँ शक्तिको जनसंवाद यात्रा प्रारम्भ

पाँचथरकाे चिवाभञ्ज्याङमा जनसंवाद यात्राकाे शुरुअातमा बाेल्दै डा‍. बाबुराम भट्टराई । | तस्वीर: रासस

पाँचथर, माघ १६ : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पाँचथरकाे चिवाभञ्ज्याङबाट जनसंवाद यात्राको प्रारम्भ गरेका छन् ।

एक महिने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा एक कार्यक्रमबीच डा भट्टराईले शुरुअात गरेका हुन् । पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको जनसंवाद यात्रा एक महिनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने जनाएकाे छ ।

यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने नयाँशक्ती पार्टीले जनाएकाे छ । 

 Published Date: Wednesday, 30th January 11:28:19 AM