सोमबार, चैत्र २४, २०७६

गाउँपालिका अध्यक्षको निधनमा स्थानीय तहमा बिदा

पाँचथर, फागुन १ : गाउँपालिका अध्यक्षको निधनमा पाँचथरका सबै स्थानीय तहमा बिदा दिइएको छ ।

फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन आज पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

यहाँका सात गाउँपालिका र एक नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । नेम्वाङको निधनले जिल्लालाई अपुरणीय क्षति पुगेका कारण शोक मनाउन बिदा दिने निर्णय गरिएको हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बताए ।

गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा सम्बोधन गरेलगत्तै उनी बेहोस भएर ढलेका थिए । उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

नेम्वाङको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

 Published Date: Wednesday, 13th February 14:16:08 PM