सोमबार, असोज १२, २०७७

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु

प्रतिकात्मक तस्बिर

इलाम, जेठ १२ : इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ। सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो। 

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए। राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे ११ प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे १ ख १८६३ नम्बरको ट्रक आइतबार दिउँसो ठोक्किँदा बस्नेत गम्भीर घाइते भएका थिए। 

उपचारका लागि जिल्ला अस्पताल इलाम पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए। प्रहरी हवल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए। 

दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 Published Date: Monday, 25th May 2020 6:27:23 am