सोमबार, मंसिर ३०, २०७६

जागरण अभियानले जागेको कांग्रेस

नेपाली राजनीतिलाई कोल्टो फेराउने उदेश्यले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोईराला र उहाँंका समकालिन नेताहरूको अठोटले नेपालमा लोकतन्त्र ल्याउन सफल भएको हो। 

नेताहरुमा देखिएको असिम क्षमता र अनुभवलाई नेपाली जनताको हितमा सिंचित गर्ने एक किसिमको सोंच र जागरण त्यस समयताका नेपाली कांग्रेसका आदर्शपुरूषहरूमा आयो । त्यहि जागरणको प्रतिफल स्वरूप नेपाली कांंग्रेस पार्टीको स्थापना भएको हो। 

कांग्रेसका आम नेता तथा कार्यकर्ताहरूमा देशभर देखिएको जागरणको तेजले नै २००७ सालको जनक्रान्ति सफल हुनपुग्यो। मैले ईतिहासको गर्व गर्न लायक दर्बिलो यो तथ्य र प्रसंगलाई यहाँ प्रस्तुत गर्ने कोशिष गर्नुको मतलब हो, “जब जब कांग्रेसहरू जागे तब सिंगो कांंग्रेस जाग्यो, जब जब कांग्रेस जाग्यो तब देशले नयाँं आयाम सहितको परिवर्तनका काँचुली फेर्दै गयो।’ नेपाली कांग्रेसले भर्खरै सम्पन्न गरेको देशव्यापाी एक महिना जागरण अभियान र कांग्रेस स्थापना हुदाको जागरणलाई केन्द्रमा राखेर यो आलेख लेख्ने प्रयाश गरेको छु । 

२००७ साल वरिपरिको कांग्रेसको जागरण

नेपाली कांग्रेस पार्टीको स्थापनाको एउटा ध्येय थियो, १०४ बर्ष लामो निरंकुश जहाँंनिया राणा शासनबाट बिक्षिप्त जनताहरूलाई मुक्ति दिलाई मुलुकलाई एउटा नयाँ प्रजातान्त्रिक युगमा प्रवेश गराउने । यहि दृढ सोंच र संकल्पका साथ हाम्रा आदर्शपुरूषहरुको नेतृत्वमा देशब्यापी जागरण सहित अघि बढेको क्रान्तिलाई किन्तु परन्तु कुनैपनि ताकत र शक्तिले रोक्न सकेन। कवि भूपि शेरचनले आफ्नो कवितामा लेख्नु भएको छ, “हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपुत मरेर नगए'' उहाँको कविताको यो अंशलाई उच्चारण मात्र गर्दा पनि आज हाम्रा शरिरका रौं ठाडो हुन थाल्दछन् । नेपाली कांग्रेसका नेताहरू र आम कार्यकर्ताहरूमा आएको जागरण र त्यसले जगाएको सिंगो देशका कारण नै २००७ सालको जनक्रान्ति सफल भयो र नेपालमा प्रजातन्त्रको स्थापना हुन संभव रह्रो। 

२०१४ साल वरिपरीको नेपाली कांग्रेसको जागरण

नेपाली कांग्रेसको नेतृत्वमा सफल २००७ सालको क्रान्तिको उपलब्धी भनेकै जनताद्धारा निर्वाचित प्रतिनिधिले नै शासन ब्यबस्थाको बागडोर समाल्ने हो । कांग्रेसले मुलुकको विधि र प्रणालीले अख्तियार गरेको बाटोमा मुलुकलाई अगाडी लैजाने क्रममा थियो । देशमा प्रजातन्त्र आएको लगभग ७ बर्ष बितिसक्दा पनि कांग्रेसको ताकतले राणा फालेर शक्तिमा पुर्याएको राजा यो या त्यो बाहनामा आम निर्वाचन गर्नुको सट्टा आफुखुशी प्रधानमन्त्री छान्दै आलटाल गर्दै अगाडी बढ्दै थिए। ठिक त्यसै समयमा नेपाली कांग्रेसले सुझबुझका साथ भद्र अबज्ञा सहितको देशब्यापी जागरण अभियान थालनी गर्यो । त्यहि भद्र अबज्ञामा देखिएको नेपाली कांग्रेसको शक्तिले २०१५ सालमा आम निर्वाचन गराउन राजा बाध्य भए। नेपाली कांग्रेसले थालनी गरेको जागरण अभियानले आम निर्वाचन गराउनमा सफलता प्राप्त गर्यो। साथै त्यहि जागरणको जगमा सम्पन्न २०१५ सालमा सम्पन्न निर्वाचनमा नेपाली जनताको अपार मायाँ र समर्थनले गर्दा नेपाली कांग्रेसले विपक्षीविहिन जस्तो अत्याधिक दुईतिहाई बहुमत प्राप्त ग¥यो । 
र बिश्वेश्वरप्रसाद कोईराला दुईतिहाई बहुमत सहित नेपालको पहिलो जननिर्वाचति प्रधानमन्त्री बन्न सफल भए। 

उहाँको स्पष्ट मार्ग निर्देशन, आर्थिक मितब्ययिता, दुरदर्शिता र उच्च मनोवलका कारण जननिर्वाचित सरकार एक पछि अर्को गर्दै बिकास निर्माणका पुर्वधार तयार गर्नमा अहोरात्र खट्यो । साथै आर्थिक बिकास र समृद्धिको पाईलामा मुलुकलाई लैजाने अठोटका साथ क्रान्तिकारी भुमिसुधार, जलसम्पदाको सदुपयोग, बन तथा जडीबुटीको उचित ब्यबस्थापन, शिक्षा, स्वास्थ्य लगाएत जनताका आधारभुत आबश्यकता र मौलिक हक अधिकारलाई संस्थागत गर्नमा तल्लिन सरकार माथिनै २०१७ साल पौष १ गते तत्कालिन राजा महेन्द्रको कुदृष्टी पर्यो । बीपी कोईरालाको अध्यक्षतामा गठित जननिर्वाचित सरकारलाई असंवैधानिक शाही घोषणाद्धारा अपदस्त गरी निर्दलिय पंचायती ब्यबस्थाको थालनी भयो।  

२०२३ साल वरिपरीको नेपाली कांग्रेसको जागरण

२०१७ सालमा राजा महेन्द्रबाट चालिएको असंबैधानिक शाही कदमपछि नेपाली कांग्रेसका धेरैजसो  नेता तथा कार्यकर्ताहरूलाई बन्दी गरिएको थियो । नेताहरूलाई बन्दी गरिएपछि पनि सशत्र आन्दोलनको घोषणा सहितका कार्यक्रम अगाडी बढे । बिभिन्न किशिमका देशब्यापी आन्दोलन हुदै अगाडी जाँदै गर्दा २००७ सालको परिवर्तन पश्चात देशभर खुलेका स्कुलहरूमा अध्ययनरत विद्यार्थीहरूमा आएको प्रजातन्त्रप्रतिको चेतना र देशले झेलेको अब्यवस्थित एकदलिय पंचायती ब्यबस्थाका बिरूद्ध बिस्तारै बिस्तारै युवा बिधार्थी संगठित हुदै थिए। २०२५ सालताका नेताहरू बन्दी जीवनबाट मुक्ति हुदै थिए। र कोहि निर्वासनमा बनारस गएर नेपाली क्रान्तिको आधार तयार गर्दै हुनुन्थ्यो त कोहि देश भित्रै बसेर निर्दलिय पंचायती ब्यवस्थाका बिरूद्ध जनमत तयार गर्दै थिए । जयन्तु संस्कृतम्, गण्डकी छात्रा हुदै २०२७ साल बैशाख ६ गते कर्मयोगी राजनितिज्ञ, सन्त नेता श्री कृष्ण प्रसाद भट्टराईज्यूको मार्ग निर्देशनमा नेपाल बिधार्थी संघको स्थापना भयो। 

राजा महेन्द्रको असंबैधानिक कदमको बिरूद्ध २०१७ पछाडी वयस्क बन्दै गएका र प्रजातान्त्रिक बिचार तथा आस्थामा अक्षुण बिश्वास राख्ने युवाहरूमा आएको जागरण र उहाँहरूमा निहित सत्कर्म र समर्पणको एउटा आधारशिला नै बन्न पुग्यो नेपाल बिधार्थी संघको स्थापना। 

२०३३ साल वरिपरीको नेपाली कांग्रेसको जागरण

२०२७ साल नेपालको विद्यार्थी आन्दोलनको लागि एउटा पवित्र दिन बन्न पुग्यो। नेपाल बिद्यार्थी संघको स्थापना हुनु आफैमा एउटा जागरण र युवालाई प्रजातान्त्रिक धारमा समाहित गराउने महान् उदेश्य सहितको अचुक अस्त्र थियो।

नेपालको बिद्यार्थी आन्दोलन र प्रजातन्त्रप्राप्तिको आन्दोलन एक अर्काका परिपुरक थिए र हो। निर्वासनमा रहेका नेता, स्वदेशमा कृयासिल नेता र नव गठित नेपाल बिधार्थी संघका आम नेता तथा कार्यकर्ताबीचको एकआपसमा देखिएको आत्मियता पुर्ण सम्बन्धको संयोजननै नेपाली क्रान्तिको अर्को आधार बन्न पुग्यो। भारतको बनारसमा निर्वासनमा रहेका बीपी कोईराला, गणेशमान सिंह लगायतका सम्पुर्ण नेता एवंम् कार्यकर्ता राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गते नेपाल फर्कने बिश्वासिलो वाताबरण बन्यो । नेपाल बिद्यार्थी संघको स्थापना पश्चात आम युवा बिद्यार्थी नेता तथा नेपाली कांग्रेसका नेतामा आएको जागरण साथै सोहि राष्ट्रिय मेलमिलापको नीतिका कारण ३०३६ सालमा बिशाल ठुलो बिद्यार्थी आन्दोलन संभव भयो। बि.सं.२०३६ सालको बिद्यार्थी आन्दोलनको जगले नै राजा वीरेन्द्रलाई जनमत संग्रहको घोषणा गर्न बाध्य बनायो।

२०४६ साल वरिपरीको नेपाली कांग्रेसको जागरण

२०४६ सालको आन्दोलनमा चरम धरपकड र दमनको श्रृखंला एकपछि अर्को हुदै थियो । ठिक यसै समयमा लौहपुरूष गणेशमान सिंहज्यूको निजि निवास चाक्सिबारीमा २०४६ साल माघ महिनामा नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सो सम्मेलनले गणेशमान सिंहको नेतृत्वमा देशब्यापी जनआन्दोलनको घोषणा सहित नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताहरू नयाँ जोश, उमंग र जागरण सहित देशभर सडकमा ओर्लिन आह्रवान गर्यो। 

नेपाली जनताको अपार साथ र समर्थनका अगाडी पंतायती ब्यबस्थाको केहि जोर चलेन र अन्तमा नेपाली कांग्रेसको नेतृत्वमा अगाडी बढेको आन्दोलमा घुँडाटेक्न बाध्य भए राजा बीरेन्द्र र उनले २०४६ साल चैत्र २६ गते मध्यरातमा पिताले तिस बर्ष अघि लगाएको दलमाथिको प्रतिबन्ध फुकुवा गरिएको भन्दै बहुदलिय प्रजातन्त्रको घोषणा गरे। तिस बर्ष लामो नेपाली जनताको पटक पटकको बलिदानीपुर्ण संघर्षबाट प्राप्त बहुदलिय प्रजातान्त्रिक ब्यवस्थालाई संस्थागत गर्न नेपाली कांग्रेसका तत्कालिन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा सर्बपक्षिय सरकार गठन भयो । जिम्मेवारी लिएको एक बर्षभन्दा कम समयमा नै नेपाल संबिधान २०४७ निर्माण गरी संबिधानले अंगिकार गरेको ब्यवस्था अनुरूप २०४८ साल बैशाख २९ गते आम निर्वाचन सम्पन्न भयो। 

२०६२ साल वरिपरीको नेपाली कांग्रेसको जागरण

२०५९ साल आश्विन १८ गते र बि.सं. २०६१ माघ १९ गरी दुई पटक सम्म असंवैधानिक शाही घोषणा गरी लोकतन्त्र खोसेर एक दलियतर्फ फेरि तत्कालिन राजा अघि बढे । 
एकातिर जंगलमा रहेका माओबादी आफुसंग फरक बिचार राख्ने नेपाली जनताको घाँटी रेट्दै थिए । अर्कोतिर राजा ज्ञानेन्द्र पनि नेपाली जनता माथि नै दमनको श्रृखंला अगाडी बढाउदै थिए। यि दुबैतर्फको अतिबादबाट नेपाल र नेपाली जनतालाई छुटकारा गराई कानुन र विधिले शासन गर्ने लोककल्याणकारी लोकतान्त्रिक राज्य ब्यबस्थामा देशलाई लैजानु नेपाली कांग्रेसको लागि मुख्य जिम्मेवारी थियो। 

ईतिहासले सुम्पेको र कथाले मागेको यो कठिन जिम्मेवारी बहनमा हाम्रा आदर्शपुरूष नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा कांग्रेस र सिंगो देश अगाडी बढ्यो । देशब्यापी निरंकुशता बिरूद्धको शान्तिपुर्ण आन्दोलनले नयाँ मोड लियो । साथै विश्वभर छरिएर रहेका लोकतन्त्रप्रेमी नेपालीको समेत सहयोग र समर्थनमा २०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताको नासो जनतामा नै फिर्ता दिने घोषणा गरे। 

सोहीनुरूप २०६४ र २०७० मा दुई पटकसम्मको प्रयासमा सादगी र सरल जीवनका पर्यावाचि, नेपाली कांग्रेसका तत्कालिन सभापति एवंम् प्रधानमन्त्री सुशिल कोईरालाको नेतृत्वमा नेपालले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान २०७२ घोषणा गर्यो। र नेपाल यहि संविधानले अंगिकार गरेको मुल बाटोमा अगाडी बढाउन नेपाली कांग्रेसका सभापति एवंम् तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शान्तिपुर्ण ढंगबाट देशले तिनै तहको निर्वाचन सम्पन्न गर्न सफल भयो। 

२०७६ साल वरिपरीको नेपाली कांग्रेसको जागरण

२०७४ सालमा सम्पन्न स्थानीय, प्रान्तिय र संघिय निर्वाचनमा नेपाली कांग्रेसले यति ठुलो क्षति ब्यहोर्नुको प्रश्नबाट म अनुत्तरित थिए र हाम्रा नीति, कार्यक्रम तथा लोकतन्त्रप्रतिको अगाध लगावमा नेपाली जनताले हामीलाई अबिश्वास गरेकै हो त भन्ने कौतुहलता मनमा दौडिरहेको थियो र छ। तर, सत्य त्यसो होईन, हाम्रो पराजयको पछाडि ‘नेपाली कांग्रेसको चारतारे झण्डाको टोपी लगाएर, नेपाली कांग्रेसको चुनाव चिन्ह्र रूखमा बन्चरो हान्न’ शक्ति कांग्रेस भित्र हावी रहुन्जेल र हामीले त्यसलाई चिर्न नसक्दा सम्म यो नियती भोगिरहनु पर्दछ । साथै नेपाली कांग्रेस भित्र बनमारा झैं झाँगिएको गुट, उपगुट नै हाम्रो हारको मुख्य कारण हो। नेपाली कांग्रेस भित्र हावी दुईवटा ठुला गुटको दरार नै हामीले निर्वाचनमा पराजय भोग्नुको मुख्य कारण बन्यो। “नेपाली कांग्रेस भित्रको एउटा गुट छ, जो सँधै कांग्रेसका उम्मेदवारलाई बिजयी गराउन रूखमा भोट हाल्छ र अर्को निकै सकृय गुट छ, कांग्रेस भएर कांग्रेसका नेताको तेजोवध गर्नमा काफि रमाउँछ । साथै कांग्रेसका उम्मेदवारलाई हराउन कांग्रेसको बिपक्षमा भोट हाल्छ।’’

हो, कांग्रेस भएर कांग्रेसका उम्मेदवारलाई भोट नहाल्नेहरूलाई अनुशासनको दायरामा ल्याउन सक्ने निर्मल वातावरणको निर्माण गर्नु नै आजको नेपाली कांग्रेसको मुख्य चुनौतीसंगै अवसर पनि हो। 

अन्तमा, 

माथिका यी दुई ध्रुबसत्यलाई आत्मासाथ गरी कांग्रेसका लागि कांग्रेसी तयार गर्ने बस्तुगत परिस्थितीको निर्माणका लागि अहिले देशभर चलेको जागरण अभियान सफल होस् भनि शुभकामना दिन चाहान्छु। 

दुईतिहाईको दम्भमा बर्बराएको कम्युनिष्ट सरकार र यो सरकारद्धारा दिनदिनै ध्बस्त पारिदै गरेको लोकतान्त्रिक मुल्य र मान्यतालाई अक्षुण राख्न हामीले नेपाली जनताको साथ लिने उचित परिस्थिती निर्माण गर्नु नै हाम्रो मुलमन्त्र हो। 

हामी धेरै आत्तिनु र रुमालिनु आवश्यक छैन । हामीले हाम्रा तल्लो तहदेखि माथिल्लो तहसम्मको संगठनलाई चलायमान राखि जनताका दुखसुखमा संधै साथमा रहने ब्यक्तिलाई सबै तहको नेतृत्वमा अगाडी बढाउने आँट गर्नसक्नु पर्दछ। आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कुनैपनि शक्तिले हराउन सक्दैन, नेपाली कांग्रेसको जित अवश्यमभावी छ।

(लेखक कांग्रेस महासमिति सदस्य हुन्)

 Published Date: Monday, 10th June 21:52:52 PM