शनिबार, जेठ १७, २०७७

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६४ हजार नाघ्यो 

काठमाडौं, चैत्र २३ : विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ ।

विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका हुन् । यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ ।

उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । २४ घण्टामा थप ३४ हजार १९६ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ ।

जहाँ मृत्यु हुनेको संख्या ८ हजार ४५२ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार ४८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ३६२ जनाको ज्यान गएको छ ।

बितेको २४ घण्टामा मात्रै इटालीमा ६८१ जनाको मृत्यु भएको छ। त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

 Published Date: Sunday, 5th April 07:29:10 AM