शनिबार, साउन ३१, २०७७

केहि स्थानमा ठुलो पानी पर्ने सम्भावना 

काठमाडौं, असार १९ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विहान मुलुकका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज विहान मौसम बुलेटिन जारी गर्दै देशका सबै प्रदेशहरुमा शुक्रबारको मौसममा बदली रही केही क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको पूर्वानुमान गरेको छ ।

अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको  छ । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

लगातार ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । 

 Published Date: Friday, 3rd July 07:45:44 AM