बिहिबार, असोज १५, २०७७

देशका अधिकांश स्थानमा बर्षा, सर्तक रहन आग्रह 

काठमाडौं, साउन २६ : जल तथा मौसम विज्ञान विभागले अहिले (बिहान) देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही मुलुकभर हल्का बर्षा भइरहेको छ । विभागका अनुसार आज दिउसो प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति बागमती प्रदेश,  प्रदेश १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले देशका अधिकांश स्थानमा सामान्य वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

 भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म नै वर्षा भए पनि अब लगातार झरी सम्भावना भने कम भएको जनाएको छ ।

 Published Date: Monday, 10th August 2020 1:51:35 am