सोमबार, मंसिर २३, २०७६

शेयर बजारमा आज पनि उतारचढाव कम

काठमाडौं, मंसिर १६  : नेप्से परिसूचक ० दशमलव ८६ अंकले घटेर ११११ दशमलव ९९ को विन्दुमा बन्द भएको छ।

दोस्रो बजार ० दशमलव ०८ प्रतिशतले घटेकोे छ। १११२ दशमलव ८७ को विन्दुमा खुलेको दोस्रो १११३ दशमलव ७४ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १११० दशमलव ९८ रहँदा सोमबार २३ करोड २२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको १ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज नेशनल माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए भने अरुण काबेली पावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ५५ प्रतिशतले गुमाए।


लाभांश गतिविधि
फरवार्ड माइक्रो फाइनान्सको  सञ्चालक समितिले १२ दशमलव ५० प्रतिशत नगद लाभांश र ३२ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज बजारले डोजी मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। आजको परिमाण बढे पनि प्रभावकारी देखिँदैन। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार प्रवृत्तिहीन रहेको बजार आज पनि सोही अवस्थाले निरन्तरता पाएको छ। 

हाल बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४४ दशमलव २६ अंकमा रहेको छ। आरएसआईको प्रवृत्तिले सकारात्मक संकेत गरेको देखिँदैन। 

कारोबारको अन्तिम समयमा स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको र बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा यदि नेप्से ११२० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११३० मा रहेको देखिन्छ। त्यस्तै, हालको तत्कालीन टेवा ११०७ देखि १११० को क्षेत्रमा रहेको देखिन्छ। 
 

 Published Date: Monday, 2nd December 18:38:44 PM