मंगलबार, साउन २७, २०७७

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, असार २२ : धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३ दशमलब २७ बिन्दुले बढेर एक हजार २९८ दशमलब ७३ मा पुगेको छ। सेन्सेटिभ परिसूचक ६ दशमलब ३० ले वृद्धि भई २७५ दशमलब ८८ मा पुगेको छ। 

स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँमा कारोबार भएको छ। कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ। सामूहिक लगानी कोष ० दशमलब ०६ ले घट्दा बैंकिङ २१ दशमलब २९, व्यापार १४ दशमलब ४७, होटल ७४ दशमलब ६७, विकास बैंक १४ दशमलब १५, जलविद्युत् १२ दशमलब ४७, वित्त २ दशमलब ५१, निर्जीवन बीमा २७४ दशमलब ४, उत्पादन ४५ दशमलब २३, अन्य २९ दशमलब ६२, लघुवित्त ८४ दशमलब ११, जीवन बीमा २६६ दशमलब ४३ बिन्दुले बढेको छ। 
    
स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ८० लाख ९१ हजार ७९३ रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर चार करोड ८४ लाख ४४ हजार रुपैयाँ, हिमालयन डिस्टिलरी तीन करोड नौ लाख ९४ हजार ७५७ रुपैयाँ, एनएमबी बैंक दुई करोड ६० लाख २४ हजार ३४ रुपैयाँ, शिवम् सिमेन्टको दुई करोड ४९ लाख ५३ हजार १९४ रुपैयाँ र नबिल बैंक दुई करोड ४० लाख ७० हजार २८४ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहेको छ। 

स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र नेपाल पुर्नबीमा कम्पनीका शेयरधनीले १०÷१० प्रतिशतले कमाएका छन्। सूर्योदय लघुवित्त वित्तीय संस्था ९ दशमलब ९५, गरिमा विकास बैंक ९ दशमलब ८४, यूनाइटेड इन्स्योरेन्स ९ दशमलब ७०, स्वदेशी लघुवित्त वित्तीय संस्था ९ दशमलब ७०, सिद्धार्थ इन्स्योरेन्स ९ दशमलब ४५, आशा लघुवित्त वित्तीय संस्था ९ दशमलब २८ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९ दशमलब १४ प्रतिशतले कमाएका छन्। 

त्यस्तै, राधी विद्युत् कम्पनी ९ दशमलब ८९, बोटलर्स नेपाल तराई ५ दशमलब ८६, देवः विकास बैंक ५ दशमलब १६, जोशी हहाइड्रोपावर ३ दशमलब ९२, बिशाल बजार कम्पनी ३ दशमलब ९१, खानीखोला हाइड्रोपावर ३ दशमलब ७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३ दशमलब ४४ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३ दशमलब ३३ प्रतिशतले गुमाएका छन्।

 Published Date: Monday, 6th July 17:35:24 PM