शुक्रबार, साउन ३०, २०७७

नेप्सेमा सकारात्मक सर्किट, ७५ अंकले बढ्यो नेप्से

काठमाडौं, असार १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार स्थगन गरेको छ। स्टकका अनुसार मंगलबारकै लयमा नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो। कोरोनाको कारण झण्डै १०० दिनपछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अंकले घटेको थियो। मंगलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ। स्टकका अनुसार नेप्से ७५ दशमलब ७७ बिन्दुले बढेर एक हजार ३६६ दशमलब ५२ मा पुगेको छ। 

यस्तै सेन्सेटिभ परिसूचकसमेत १५ दशमलब १० अर्थात् ५ दशमलब ५५ प्रतिशतले वृद्धि भएको छ। कूल १३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँमा कारोवार भयो। कारोवार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लागेको छ। अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ। होटल ५ दशमलब १५ अंकले घट्दा बैंङ्किङ ८२ दशमलब ३, व्यापार ३३ दशमलब ४८, विकास बैंक ५७ दशमलब ०६, जलविद्युत् ३३ दशमलब ६७, वित्त ४ दशमलब ७५, निर्जीवन बीमा ३२२ दशमलब ४१, उत्पादन १०२ दशमलब ५७, अन्य २० दशमलब ९४, माइक्रोफाइनान्स १०१ दशमलब २३, जीवन बीमा ५४८ दशमलब ५३ र सामूहिक लगानी कोष ० दशमलब ०१ अंकले बढेका छन्। 

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको शेयर ६ करोड ७६ लाख ९४ हजार ९३१ रुपैयाँमा खरिद बिक्री भयो। यस्तै कुमारी बैंक लिमिटेडको संस्थापक शेयर चार करोड ९९ लाख ५० हजार रुपैयाँ, हिमालयन डिस्टिलरी लिमिटेड चार करोड २४ लाख ७८ हजार ७५ रुपैयाँ, शिवम् सिमेन्ट्स लिमिटेडको दुई करोड ५७ लाख ८१ हजार ११४ रुपैयाँ, एनआइसी एसिया बैंक एक करोड ७८ लाख ७४ हजार ५७८ रुपैयाँ र एनएमबी बैंकको एक करोड ७६ लाख ६१ हजार ९४२ रुपैयाँमा खरिदबिक्री भए। 

सिटिजन बैंक इन्टरनेशनलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा साना किसान विकास बैंक ९ दशमलब ९८, नागरिक लगानी कोष ९ दशमलब ९७, नेशनल लाइफ इन्सुरेन्स कम्पनी ९ दशमलब ९७, आरएमडिसी लघुवित्त वित्तीय संस्था ९ दशमलब ९५ र बुटवल पावर कम्पनीका शेयरधनीले ९ दशमलब ९४ प्रतिशतले कमाए। 

यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशमलब ९२, ओरियन्टल होलट ३ दशमलब २७, नेपाल दूरसञ्चार कम्पनी २ दशमलब ३५, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी १ दशमलब ७९, आइसिएफसी फाइनान्स १ दशमलब २१ र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १ दशमलब १८ प्रतिशतले गुमाए। रासस

 Published Date: Wednesday, 1st July 15:10:48 PM