शुक्रबार, साउन ३०, २०७७

रुकुमपूर्वमा चिर्पटले हानेर श्रीमानको हत्या

रुकुमपूर्व, असार १७ : रुकुम(पूर्व)मा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्। श्रीमतीले चिर्पटले हान्दा श्रीमानको ज्यान गएको हो। 

सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय बिछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हानेकी थिइन्।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए। उनका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ। मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ। धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए।

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए। शव परीक्षणको लागि जिल्ला अस्पताल ल्याइँदै छ। 

 Published Date: Wednesday, 1st July 17:14:30 PM