बुधबार, साउन २१, २०७७

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो, १७ हजार ८ सय बढीको मृत्यु 

काठमाडौं, असार १८ : भारतमा कोभिड १९ महामारीबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा ६ लाख पुगेको छ ।

बिहीबार बिहानसम्म भारतमा कोरोनाभाइरसबाट ६ लाख ५ हजार २२० जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४ सय २८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १७ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

तीमध्ये पछिल्लो २४ घण्टामा ४ सय ३८ जनाको मृत्यु भएको हो ।

 Published Date: Thursday, 2nd July 06:56:34 AM