बिहीबार, साउन २९, २०७७

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

| तस्वीर:फाइल

काठमाडौं, साउन १७ :  काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका पाँच र भक्तपुरका  एक जना रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६  पुगेको छ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता डा। गौतमका अनुसार शनिबारमात्रै ९३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। 
 

 Published Date: Saturday, 1st August 16:34:05 PM