शनिबार, साउन ३१, २०७७

गण्डकीमा थप ३२ जनामा कोरोना, संक्रमितको संख्या १०६३ पुग्यो 

काठमाडौं, असार १९ : गण्डकी प्रदेशमा ४ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा १९ जना , तनहुँमा ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना संक्रमित भेटिएका हुन् ।

उनीहरुको  प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०६३ पुगेको छ । 

 Published Date: Friday, 3rd July 06:55:08 AM