मंगलबार, चैत्र १८, २०७६

चीनमा कोरोना भाइरसबाट १८ सय वढीको मृत्यु, ७४ हजार सङ्क्रमित 

काठमाडौं, फागुन ६ : चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्ने क्रम जारी रहेको छ । सोमबारसम्ममा एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ ।

कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ । बेइजिङमा रहेको वित्तीय र समाचार मिडिया सङ्गठन, केग्सनले कोरोनाका कारण तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताएको छ ।

यो सङ्ख्या चीन सरकारले दाबी गरेको भन्दा झण्डै दोब्बरले बढी हो । 

 Published Date: Tuesday, 18th February 07:34:08 AM