Kathmandu Press

प्राइम र सेञ्चुरीको नाफामा उल्लेख्य बृद्धि

काठमाडौं, माघ २७ः प्राइम कमर्सियल बैंक र सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा उल्लेख्य नाफा गरेका छन् । प्राइम बैंकले ३३ प्रतिशत नाफा....

प्राइम र सेञ्चुरीको नाफामा उल्लेख्य बृद्धि

काठमाडौं, माघ २७ः प्राइम कमर्सियल बैंक र सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा उल्लेख्य नाफा गरेका छन् । प्राइम बैंकले ३३ प्रतिशत नाफा बढाउदा सेञ्चुरीले ४१ प्रतिशतले नाफा बढाएको छ ।

प्राइम बैंकले ६ महिनामा एक अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ भने सेञ्चुरीले ५१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ ।

प्राइमको निक्षेप संकलन ७ प्रतिशतले बढ्दा ऋण लगानी भने १५ प्रतिशतले बढेको छ । बैंकले पुससम्ममा ७६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्ब रुपैयाँ ऋण लगानी विस्तार गरेको छ ।

गत वर्षको यहि अवधिमा बैंकले ७१ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । खुद ब्याज आम्दानी ५२ प्रतिशतले बढाएर एक अर्ब ७७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

प्रतिसेयर आम्दानी चुक्ता पूँजी २७ प्रतिशतले बढ्दा पनि एक रुपैयाँ बढाउन सफल भएको छ । प्राइमको प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ ।

सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पुससम्ममा ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ८१ लाख रुपैयाँ कमाएको छ ।

बैंकले ६४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ८९ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ । प्रतिसेयर आम्दानी तीन रुपैयाँले बढाएर १२ रुपैयाँ पु¥याएको छ ।

प्रकाशित मिति: १३:३० बजे, आइतबार, माघ २७, २०७५
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्