Kathmandu Press

युथ पिस फाउन्डेसनले मनायो शान्ति दिवस

काठमाडौं, असोज ५ : युथ पिस फाउन्डेसनको आयोजनामा युवा समूहले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति पदयात्रा र विशेष कार्यक्रम अयोजना गरी मनाएका छन् । 

युथ पिस फाउन्डेसनले मनायो शान्ति दिवस
काठमाडाैंप्रेस

काठमाडौं, असोज ५ : युथ पिस फाउन्डेसनको आयोजनामा युवा समूहले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति पदयात्रा र विशेष कार्यक्रम अयोजना गरी मनाएका छन् । 

काठमाडौंको सामाखुसीमा वृक्षारोपण गरी ‘शान्ति सम्भव छ’ भनेर लेखिएको बेलुन उडाएर सुरु गरिएको प्रभातफेरी÷पदयात्रा रत्नपार्क हुँदै प्रहरी क्लब, भृकुटीमण्डप पुगेको थियो । 
पदयात्राका सहभागीहरुले शान्तिप्रति उत्प्रेरणा जगाउने विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । 

भृकुटीमण्डपमा थप आमन्त्रित अतिथिहरु समेतको सहभागितामा भएको कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार तथा नेशनल ल कलेजका प्रिन्सिपल डा. रामकृष्ण तिमिल्सिनाले भने, ‘आमाको गर्भदेखि नै शान्तिसम्बन्धी सन्देश र वातावरण दिने हो भने यसले समाजमा शान्तिप्रति जागरुक हुने छ ।’

उक्त कार्यक्रममा शान्तिको विषयमा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको प्रेरणादायी भिडियो प्रदर्शन गरिएको थियो । अन्तर्राष्ट्रिय शान्ति दिवसको मनाउने सिलसिला कहिले र कसरी शुरु भयो भन्ने जानकारी दिन भिडियो समेत प्रदर्शन गरिएको थियो । 

त्यसअतिरिक्त सहभागीहरुले ठूलो ब्यानरमा ‘मेरा लागि शान्ति के हो’ भन्नेभावको अभिव्यक्ति लेखेर हस्ताक्षर अभियान समेत गरेका थिए । त्यहाँ पनि शान्तिको सन्देश सहितको बेलुन उडाएर कार्यक्रम समापन गरियो । 

युथ पिस फाउन्डेसनले संयुक्त राष्ट्र संघको घोषणा अनुसार शान्तिका लागि गरिने यस्ता प्रेरक कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नै उच्च प्रातामिकता साथ मनाउने प्रचलन भएकोले हामी पनि यस पुनित कार्यमा सरिक हुन लागेका बताएको छ । यसपटकको शान्ति दिवसले हामी सबैमा शान्ति महसुस गर्ने कार्यमा प्रेरणादायी भूमिका निभाउने बताएको छ । 

आयोजकका अनुसार, युथ पिस फाउण्डेसन युवामाझ शान्ति संस्कृति विकास गर्ने क्रियाकलापमा सक्रिय एउटा युवाहरुको समूह हो । आजभोलिको दौडधूपको जिन्दगीमा पढाइ, काम, आधुनिक प्रविधिको विकासले गर्दा युवाहरुलाई शान्ति र मानव हितको बारेमा सोच्नका निमित्त निकै थोरै समय बच्दछ ।

यस्ता कार्यक्रमकेवल मानवताको नाताले गरिएको सेवा भएको आयोजकले जनाएको छ ।  स्कुल, कलेज, विद्यालय, विश्वविद्याल, तथा संघ–सस्थाहरुमा शान्तिको सन्देश फैलाउँदैे ‘शान्तिको संस्कृतिलाई विकास गरौँ’ भन्ने उद्देश्यबाट उत्प्रेरित भई २०७१ साल आश्विनदेखि नेपालमा यो युवाहरुको समूह सक्रिय हुन सुरु गरेको आयोजकले बताएका छन् । 

 

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्