Kathmandu Press

माओवादीको वडा सम्मेलन सफलताका साथ सम्पन्न, राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म हुने 

काठमाडौं, मंसिर १६ : नेकपा माओवादी केन्द्रले पार्टीको वडा सम्मेलन सफलताका साथ सम्पन्न भएको जनाएको छ ।बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी...
माओवादीको वडा सम्मेलन सफलताका साथ सम्पन्न, राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म हुने 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १६ : नेकपा माओवादी केन्द्रले पार्टीको वडा सम्मेलन सफलताका साथ सम्पन्न भएको जनाएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका अनुसार वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको र  कतिपय पालिकामा अधिवेशन स्थगित भए पनि चाँडै सकिने बताएको छ ।

पालिका अधिवेशन पनि उत्साहपूर्वक अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्