Kathmandu Press

कांग्रेस घमण्ड नगरी विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ : महामन्त्री खड्का

सुर्खेत, मंसिर १६ : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले घमण्ड र अहङ्कारले होइन कि विनम्रताको तागतले कांग्रेस सबैलाई लिएर अघि बढ्ने बताएका छन्। कांग्रेसको प्रथम...
कांग्रेस घमण्ड नगरी विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ : महामन्त्री खड्का

सुर्खेत, मंसिर १६ : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले घमण्ड र अहङ्कारले होइन कि विनम्रताको तागतले कांग्रेस सबैलाई लिएर अघि बढ्ने बताएका छन्। 

कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले धैर्य, सहिष्णुता र लोकतान्त्रिक संस्कारकै कारण केन्द्रदेखि सातै प्रदेशको शासनमा सहभागी हुने अवसर प्राप्त भएको बताए।

महामन्त्री खड्काले केन्द्रदेखि स्थानीय तहसम्मको शासन प्रक्रियामा सहभागी कांग्रेस नेताले असल आचरणको माध्यमबाट जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए। ‘२०७४ को निर्वाचनमा हामी प्रतिपक्षी थियौं, कम्युनिष्ट पार्टीहरुले शासन चलाउन सकेनन्, त्यो दायित्व कांगे्रसकै काँधमा आयो,’ उनले भने, ‘समय र स्रोत साधन सीमित भए पनि जनतालाई पीर पर्ने काम नगरौँ, जनतालाई मन फर्काएर आउने वातावरण बनाउन अहिलेदेखि नै तयार पारौं।’

उनले जनता रिसाउने काम नगर्न नेतृत्वमा रहेका कांग्रेसका जिम्मेवार नेताहरूलाई आग्रह गरे। विगतको भड्किलो जीवनशैली, बोली, व्यवहार, तौरतरिका परिवर्तन गरेर जनताको मन जित्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।

महामन्त्री खड्काले वर्तमान सत्ता समीकरणको परिवर्तनको बाहक र उद्गम थलो कर्णाली भएको बताउँदै भने, ‘हामीले कर्णालीमा सत्ता समीकरणको गृहकार्य नगरेको भए दुईतिहाइ कम्युनिष्टको बलशाली सरकार ढल्थेन, यहाँबाटै सत्ता समीकरणको प्रारम्भ र बिजारोपण भयो, एमाले सरकारविहीन भयो।’ 

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा आफूलाई चित्त नबुझ्नेबित्तिकै अन्तर्घात गर्ने, टिकट नपाएपछि विपक्षी पार्टीलाई भोट दिने प्रवृत्ति त्याग्नसमेत कार्यकर्तालाई उनले निर्देशन दिए। साथै उनले कूटनीतिक संवादका माध्यबाट मिचिएका भूमिहरु फिर्ता ल्याउनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए। 

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश अधिवेशन आयोजक समितिका संयोजक जीवनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको प्रष्ट पारे। 

प्रकाशित मिति: १८:०६ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्