Kathmandu Press

स्वास्थ्यमा सुधार आइसक्याे, म बिदामा बस्दिनँ : प्रधानन्यायाधीश जबरा

काठमाडौं, मंसिर १६ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिदामा नबस्ने जानकारी गराएका छन्।सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै आज (बिहीबार) जबराले आफ्नो स्वास्थ्य अवस्था...
स्वास्थ्यमा सुधार आइसक्याे, म बिदामा बस्दिनँ : प्रधानन्यायाधीश जबरा

काठमाडौं, मंसिर १६ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिदामा नबस्ने जानकारी गराएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै आज (बिहीबार) जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार आएकाले आफू शुक्रबार अस्पतालबाट निवास फर्कने भन्दै बिदा नबस्ने जानकारी गराएका हुन्।

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको आजै बालुवाटारमा बसेको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाएको थियो।

कोरोना देखिएपछि सोमबार साँझ प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका थिए।

बिहीबार न्यायाधीशहरुको छलफलका क्रममा आफूले प्रधानन्यायाधीश जबरालाई फोन गरेको र त्यसक्रममा जबराले आफू संक्रमित भए पनि शुक्रबार निवासमा फर्किने भनी जवाफ दिएको भन्दै न्यायाधीश हरिकृष्ण कार्कीले अन्य न्यायाधीशहरुलाई जानकारी गराएका थिए।

प्रधानन्यायाधीश जबराले त्यस्तो जानकारी गराएपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाइ गर्ने भनेर छलफल टुंग्याएको बताइएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरुसँग नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले बिहीबार छलफल गरेको र उनीहरुले संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशले आफ्नो काम गर्न नसक्ने अवस्था भएमा’ स्वतः वरिष्ठतम न्यायाधीश कामु प्रधानन्यायाधीश हुने व्यवस्था भएको भन्दै त्यो भूमिका निर्वाह गर्न वरिष्ठतम न्यायाधीश दीपक कार्कीको ध्यानाकर्षण गराएका थिए।

बारले प्रधानन्यायाधीश जबरा आफ्नो दैनिक काम गर्न असमर्थ रहेको भन्दै स्वतः कामु प्रधानन्यााधीशको पद क्रियाशील हुनुपर्ने बताउँदे आएको छ।

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्