Kathmandu Press

देशभरिमा थपिए ३१५ कोरोना संक्रमित, निको हुने २०१ जना, ६ को मृत्यु

काठमाडौं, मंसिर १५  : पछिल्लो २४ घन्टामा देशभरिमा ३१५ जना कोरोना संक्रमित थपिएका छन्।९,५११ जनामा गरिएको पिसिआर परीक्षणबाट २९८ र १,८९२ जनामा गरिएको एन्टिजेन...
देशभरिमा थपिए ३१५ कोरोना संक्रमित, निको हुने २०१ जना, ६ को मृत्यु

काठमाडौं, मंसिर १६  : पछिल्लो २४ घन्टामा देशभरिमा ३१५ जना कोरोना संक्रमित थपिएका छन्।

९,५११ जनामा गरिएको पिसिआर परीक्षणबाट २९८ र १,८९२ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०३,३६९ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५३५ पुगेको छ।

अहिले देशभरिमा ७,०४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्