Kathmandu Press

अरुण तेस्रो आयोजनाका मजदुरको मृत्यु

किमाथांका, मंसिर १६ : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ। चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत...
अरुण तेस्रो आयोजनाका मजदुरको मृत्यु

किमाथांका, मंसिर १६ : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ। 

चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

बुधबार राति सुरुङभित्र काम गर्ने क्रममा ढुगाले लागेर भारतीय मजदुर सिंह घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। 

घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। सुरुङभित्र काम गर्न मजदूरलाई जोखिम छ । आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदूरको गुनासो छ। 

आयोजनास्थलमा अस्पताल अभाव  

अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा अस्पताल नहुँदा मजदुरलाई समस्या भएको छ। हाल उक्त आयोजनामा नेपाली र भारतीय गरी झन्डै तीन हजार मजदुर कार्यरत छन्।

काम गर्दा चोटपकट लागे वा बिरामी भए मजदुरलाई टाढाको अस्पताल लैजानुपर्ने बाध्यता छ। समयसमयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरुको माग छ।  

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्