Kathmandu Press

उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन

रूपन्देही, मंसिर १५ : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले औद्योगिक क्षेत्रको विकासका लागि उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। रुपन्देही उद्योग सङ्घको ४४औँ...
उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन

रूपन्देही, मंसिर १५ : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले औद्योगिक क्षेत्रको विकासका लागि उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। रुपन्देही उद्योग सङ्घको ४४औँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित उद्योगी सम्मान तथा उत्कृष्ट औद्याोगिक पत्रकारिता पुरस्कार २०७७ वितरण समारोहमा उनले उद्योगमैत्री वातावरण बनाउन नसक्दासम्म राष्ट्रिय विकास हुन नसक्ने उल्लेख गरे।

नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीमा रहेको परनिर्भर भावनाको अन्त्य हुनुपर्ने धारणा राखे। प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग आजको राष्ट्रिय आवश्यकता रहेको बताउँदै वास्तविक धरातलमा बसेर चिन्तन गर्नुपर्ने बेला भएको बताए।

राष्ट्रिय पूँजीको संरक्षण र विकासका लागि नीतिगतरूपमा स्पष्ट हुँदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै उनले प्रतिस्पर्धाको युगमा आफूलाई त्यसैअनुसार उभ्याउन सक्नुपर्ने बताए। प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले नेपालमा स्वदेशी उद्योगको स्थापना र विकासका लागि बनेका नीतिमा केही राम्रा कुरा भए पनि त्यसको सही कार्यान्वयन एवं प्रयोग गर्न नसकिएको धारणा राखे। उनले पछिल्ला समयमा उद्योगबाट पलायन भएर व्यापारतिर लाग्ने प्रवृत्ति बढेकाप्रति सचेत गराउँदै त्यसको कारण खोज्दै समस्याको पहिचान गरी औद्योगिक विकासमा लाग्न आग्रह गरे।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले उद्योग सङ्घले आफू र आफ्नो ब्राण्ड स्थापित गर्न धेरै समय खर्चेको स्मरण गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्ने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे। उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको औद्योगिक क्षेत्रले निकै कठिन परिस्थितिको सामना गरिरहेको बताउँदै राज्यको प्रभावकारी भूमिका, निजी क्षेत्रको सक्रियता र उपभोक्ताको साथ र सहयोग विना मुलुकले औद्योगिक विकास हुन नसक्ने धारणा राखे।

समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष रामराज पोखरेल, उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सङ्घका पूर्वअध्यक्ष डम्मरदेव अर्याल, पुरस्कृत पत्रकार दामोदर खनाल, सम्मानित उद्योगी राजेन्द्रसिंह गुरुङ, निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, नेपाली कांग्रेसका जिल्ला सदस्य हरिप्रसाद अर्याललगायत प्रदेशको समृद्धिका लागि निजी उद्योगमैत्री नीति र वातावरण बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा सङ्घले अग्रज उद्योगी भुपालकुमार श्रेष्ठ, वसन्तध्वज जोशी, स्व रतनलाल अग्रवाल, वसन्त लोहनी र राजेन्द्रसिंह गुरुङलाई सम्मान गरिएको थियो भने उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार दामोदर खनाललाई पुरस्कृत गरिएको थियो। यसैगरी सङ्घले स्थापना ६४ युनिट रगत सङ्कलन गरेको छ।

प्रकाशित मिति: २०:४१ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्