Kathmandu Press

राज्य र निजी क्षेत्रबीच बलियो सहकार्य जरुरी

काठमाडौं, मंसिर १५ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा ‘स्टार्टअप इकोसिस्टम’लाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो...
राज्य र निजी क्षेत्रबीच बलियो सहकार्य जरुरी
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १५ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा ‘स्टार्टअप इकोसिस्टम’लाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् ।

आज अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उनले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झल्नुपरेकाले यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको बताएका छन् । उनले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपलाई अनुकूल वातावरणसमेत रहेको बताए ।

“विशेष गरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ÷नयाँ तरिकाका बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ”, उनले भने । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले यस्ता नवप्रवर्तक व्यवसायी र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उनले विशेष गरी महिला र युवालाई महासङ्घले सहयोग गरेको बताए ।

“महासङ्घले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ”, उनले भने, “आइहबमा हामीले व्यवसायमा लाग्न चाहने युवालाई सूचनामा पहुँच दिई उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौँ ।”

त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको उनले बताए । 

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्