Kathmandu Press

यू–१९ क्रिकेटमा बागमती प्रदेशकाे दाेस्राे जित

काठमाडाैं, मंसिर १४ : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ। मंगलबार मुलपानी क्रिकेट भएको खेलमा बागमतीले कर्णाली प्रदेशमाथि...
यू–१९ क्रिकेटमा बागमती प्रदेशकाे दाेस्राे जित

काठमाडाैं, मंसिर १४ : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ। मंगलबार मुलपानी क्रिकेट भएको खेलमा बागमतीले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको हो।

पहिला कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य बामतीले १९.५ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लािग विवेक मगरले सर्वाधिक १८ रन बनाउँदा क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रन बनाए। कर्णालीका अनुज चुनाराले सर्वाधिक ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २७.१  ओभरमा अलआउट हुँदै  ७८ रनमात्र बनाउन सक्यो। उसका कप्तान निश्चल रावलले सर्वाधिक १५ रन बनाउँदा  सन्दीप शाही १४, विपीन रावल १२ तथा रुपक दाहाल १० रनमा आउट भए। बागमतीका गौतम केसीले चार विकेट लिँदा विशाल यादवले ३, क्रिस कार्कीले २ विकेट लिए।

प्रतियोगितामा बागमतिको यो दोस्रो जित हो। यो जितसँगै उसका फाइलन पुग्ने गणितीय सम्भावना बाँकी नै छ। यता, कर्णाली भने चौथो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। बागमतीले अन्तिम खेलमा शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ भने कर्णालीले आफ्नो अन्तिम खेल बिहीबार मूलपानीमा प्रदेश २ सँग खेल्नेछ।

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्