Kathmandu Press

सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडौँ, मंसिर १४ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर  ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो...
सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडौँ, मंसिर १४ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर  ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५००  थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्