Kathmandu Press

मेसीले सातौं पटक जिते बालोन डि’ओर

मेसीले सातौं पटक जिते बालोन डि’ओर

काठमाडाैं, मंसिर १४ :  फ्रेन्च क्लब पिएसजीको अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले प्रतिष्ठित बालोन डि’ओर अवार्ड सातौं पटक जितेका छन्। फ्रेन्च फुबटल म्यागेजिनले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड कीर्तिमानी सातौं पटक जित्ने क्रममा मेसीले बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, रियल मड्रिडका करिम बेन्जिमा र चेल्सीका जर्गिन्होलाई पछि पारे।

यो सिजन मेसीले करिअरकै पहिलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा कोपा अमेरिका जितेका थिए । सो उपाधि यात्रामा उत्कृष्ट प्रदर्शन गरेका ३४ वर्षीय मेसीले ४० खेलमा ४० गोल गरेका थिए।

यसअघि मेसीले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ मा बालोन डि’ओर जितेका थिए । मेसीपछि क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन्।

सातौं पटक बालोन डि’ओर जितेपछि मेसीले दुई वर्ष पहिले नै यो अन्तिम होला जस्तो लागेको, तर, अहिले पेरिसमा हुँदा खुसी भएको प्रतिक्रिया दिए । उनले कोपा अमेरिका फाइलनमा ब्राजिललाई हराउँदै उपाधि जित्ने जीवनकै उत्कृष्ट क्षण भएको बताए ।

प्रकाशित मिति: ०९:५३ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्