Kathmandu Press

करिडोरमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु

काठमाडौं, मंसिर १३ : बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च...
करिडोरमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु

काठमाडौं, मंसिर १३ : बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन । दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । ट्र्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति: २०:१० बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्