Kathmandu Press

‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड र एनआरटीले अङ्क बाँडे

काठमाडौं, मंसिर १३ : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन्...
‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड र एनआरटीले अङ्क बाँडे
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १३ : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यो सँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ ।

पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, एनआरटीको यो पहिलो एक अङ्क हो । पहिलो खेलमा एनआरटी साबिक विजेता मच्छिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए । 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्