Kathmandu Press

घनश्याम भुसाल एमालेको उपाध्यक्ष बन्ने सम्भावना कति ? 

भुसालको उम्मेदवारीले अन्य ६ जना पदाधिकारी दबाबमा छन् । सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल र विष्णु पौडेलसँग भुसालको प्रतिस्पर्धा हुनेछ। 
घनश्याम भुसाल एमालेको उपाध्यक्ष बन्ने सम्भावना कति ? 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १३ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवशेनमा घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। बन्दसत्रमा ओलीले प्रस्ताव गरेको नामावलीमा असन्तुष्ट रहेका भुसालले सोमबार बिहानै उम्मेदवारी दर्ता गराएका थिए। 
 
भुसालको उम्मेदवारीले अन्य ६ जना पदाधिकारी दबाबमा छन् । सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल र विष्णु पौडेलसँग भुसालको प्रतिस्पर्धा हुनेछ। 

भुसालको उम्मेदवारीसँगै उनले पाउन सक्ने मतको बारेमा पनि आंकलन हुन थालेको छ । पछिल्लो १ वर्षमा एमालेमा आएको उथलपुथल र त्यसमा भुसालसहितका समूहका भूमीकाको प्रभाव जारी महाधिवेशनमा पर्न सक्ने सम्भावना प्रवल छ। 

महाधिवेशनमा अधिकतम् प्रतिनिधिहरु ओलीकै प्रस्तावमा सहमत भएका कारण निर्वाचन भएको अवस्थामा तिनै उम्मेदवारहरुलाई समर्थन गर्ने सम्भावना छ। त्यसो भएको अवस्थामा घनश्याम भुसाल उपाध्यक्ष निर्वाचित हुने सम्भावना कम हुन्छ। 

यद्यपी, पार्टीको नवौं महाधिवेशनमा भुसाल राम्रै मतसहित उपमहासचिव निर्वाचित भएका थिए। तत्कालीन महाधिवेशनमा माधव नेपाल प्यानलबाट उम्मेदवारी दिएका भुसालले ओली प्यानलका शंकर पोखरेललाई ४९ मतले पराजित गरेका थिए । शंकर पोखरेलले एक हजार ४८ मत ल्याउँदा भुसालले १०९७ मत प्राप्त गरेका थिए। 

यसपटकको महाधिवेशन सम्म आइपुग्दा घनश्याम भुसाललाई पार्टीभित्र हेर्ने दृष्टिकोण केही परिवर्तन भएको छ। १० बूँदे सहमति कार्यान्वयनका लागि एमालेभित्र समेत संघर्ष गरिरहेका भूसालसहितका समूहकाे आलोचना गर्न शीर्ष नेतादेखि सामान्य कार्यकर्तासमेत पछि पर्दैनन्।

त्यसो त जारी महाधिवेशनमा १० बूँदे पक्षधरतर्फका तीनजना उपाध्यक्षमा समेटिएका छन्। माधव नेपाल समूह हुँदै पुनः एमाले फर्किएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेलाई ओलीले उपाध्यक्ष दिएका छन्। घनश्याम भुसालले पनि उपाध्यक्ष दाबी गर्दै उम्मेदवारी दिएपछि यथावत् रहेका तीन जनासमेत संकटमा परेका छन्। 

ओलीले उपाध्यक्ष प्रस्ताव गरेका रामबहादुर थापा बादल पनि भुसालको उम्मेदवारी दर्तापछि संकटमा देखिएका छन्। एमालेमा आएपछि मन्त्री र सांसद पद समेत खोसिएका बादल पदाधिकारीमा निर्वाचित नभए एमालेभित्रको राजनीतिमा कमजोर बन्नेछन् । 

एमालेमा पूर्वमाओवादी समूहको पकड केही कमजोर छ। यसको फाइदा लिनका लागि पनि भुसालले उम्मेदवारी दिएको आंकलन सहजै गर्न सकिन्छ।  

जुँगाको लडाईँ

एमालेभित्र प्रभावशाली नेताहरुको जमात ठूलो छ । एकले अर्कालाई नेता नै नमान्ने उदाहरण यसअघि नै देखिइसकिएको छ । वरिष्ठ उपाध्यक्षको दौडमा रहेका सुवास नेम्वाङले इश्वर पोखरेललाई नेता नै नमान्ने लिखित घोषणा नै गरे। घनश्याम भुसालको उम्मदेवारी पनि त्यसकै उपज मान्न सकिन्छ । 

किनभने, शंकर पोखरेल जारी महाधिवेशनबाट महासचिव चयन भएका छन् भने भुसाललाई ओलीले केन्द्रीय सदस्यको सूचीमा राखेका छन् । आफैले पराजित गरेका व्यक्तिलाई नेता मान्नुपर्ने अवस्था देखिएपछि भुसालले पोखरेलभन्दा एक स्टेप माथि गएर उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। 


 लोहनी भन्छन्, ‘भुसालको पराजय निश्चित छ'

जारी महाधिवेशनबाटै केन्द्रीय सदस्य चयन भएका धादिङका एमाले सांसद खेम लोहनी ओलीले प्रस्ताव गरका ६ जनाबाहेक अन्य जोकोही आएपनि उपाध्यक्ष जित्न नसक्ने दाबी गर्छन् । महाधिवेशन प्रतिनिधिको कुल संख्यामध्य ९५ प्रतिशतले ओलीको प्रस्तावलाई स्वीकार गरेका कारण उपाध्यक्ष बन्ने भुसालको सम्भावना नरहेको उनले बताए। 

‘अध्यक्ष ज्यूले प्रस्ताव गरेका व्यक्तिहरुलाई हलका ९५ प्रतिशतले समर्थन गरेका छन’ उनले भने,‘निर्वाचन भएको अवस्थामा कुनैपनि हालतमा भुसाल जीले जित्नुहुन्न, ५ प्रतिशत भोट पनि पाउनुहुन्न।’

लोहनीले एकिकरण प्रकृयाबाटै एमालेमा आएका कारण बादल लगायत अन्य पदाधिकारी ढुक्कसँग निर्वाचित हुने बताए। अब एमालेमा पूर्वमाओवादी तथा अन्य कुनै समूह नरहेको उनका दाबी छ। महाधिवेशनमा सहभागि अधिकांश प्रतिनिधिहरु पार्टीलाई एक ढिक्का बनाएर लैजाने पक्षमा रहेका कारण अध्यक्षले प्रस्ताव गरेका उम्मेदवार बाहेक बाहिर मतदान गर्ने सम्भावना नरहेको उनले बताए। 

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्