Kathmandu Press

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेबारे अनुसन्धान हुँदैछ : डब्लुएचओ

जेनेभा, मङ्सिर १३ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) हालै अफ्रिकामा देखापरेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति...
ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेबारे अनुसन्धान हुँदैछ : डब्लुएचओ

जेनेभा, मङ्सिर १३ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) हालै अफ्रिकामा देखापरेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के–कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरनाक स्वरुपबारे स्पष्ट नभएको आइतबार जनाएको छ।

दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालै मात्र यो कोरोना भाइरसको यो नयाँ भेरिएन्ट देखिएको बताइएको छ। यहाँ गएको दुई सातायताका परीक्षणहरुमा यो भेरिएन्टको विकास भएको बताइएको छ। त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ।  

ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरिएन्ट भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरिएन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा यो नयाँ भेरिएन्ट भेटिएको भनिएको सो प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरु भर्ना हुनेहरु बढिरहेको पाइएको बताइएको छ तर पनि यो नयाँ भेरिएन्ट के कति मात्रामा बढी घातक छ भन्ने बारेमा भने अझै अनुसन्धान भइनसकेको जनाएको छ।

यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधबार विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो।

सो भेरिएन्ट केही दिनमै विश्वका कैयौं देशमा फैलिइसहेको बताइएको छ। बेलायतमा पनि यो नयाँ भेरिएन्ट देखिएको बताइएको थियो। त्यस्तै आइतबार यो भेरिएन्ट क्यानाडामा पनि देखिएको बताइएको छ।

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्