सीता बिनन् ‘प्लेयर अफ द टुर्नामेन्ट’
काठमाडाैं, मंसिर १३ : नेपाली महिला क्रिकेट टिम टि-२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने असफल भयो । तर, नेपाली महिला टिमकी सीता रानामगर...काठमाडाैं, मंसिर १३ : नेपाली महिला क्रिकेट टिम टि-२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने असफल भयो । तर, नेपाली महिला टिमकी सीता रानामगर भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेकी छिन् ।
एसियन छनोटअन्तर्गत आइतबार भएको खेलमा युएईसँग पराजित भएपछि नेपाली महिला टिम ग्लोबल क्वालिफायरमा पुग्न असफल भएको थियो । नेपाल ग्लोबल क्वालिफायरमा नपुगेपनि प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेकी सीता रानामगर ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी हुन् ।
६ राष्ट्र सहभागी प्रतियोगितामा तीन खेल जितेको नेपाल तेस्रो स्थान भएको थियो भने शीर्ष स्थानमा रहेको युएइ ग्लोबल क्वालिफायरमा छनोट भएको छ।
प्रतियोगितामा सीताले १०० रन र ६ विकेट लिएकी थिइन् । उनी प्रतियाेगितामा नेपालका तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउनेमा १०औं स्थानमा रहिन् भने बलिङतर्फ उनी सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहिन्।