Kathmandu Press

ए डिभिजन लिगमा पुलिसले सातदोबाटोलाई हरायो

काठमाडौं, मंसिर १२ : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एकमात्र...
ए डिभिजन लिगमा पुलिसले सातदोबाटोलाई हरायो

काठमाडौं, मंसिर १२ : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एकमात्र खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हरायो । लिगको पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको पुलिसलाई पहिलो जित दिलाउने क्रममा राष्ट्रिय टिमका स्ट्राइकर सुमन लामाले निर्णायक गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलको थुप्रै प्रयास गरे, तर गोल भने हुन सकेन ।

७०औं मिनेटमा खेलमा पुलिसले अग्रता लियो। दोस्रो हाफमा मैदान छिरेका सुमनले रवि पासवानको पासमा पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गरे गर्दै टिमलाई अग्रता दिलाए ।

खेलमा त्यसपछि गोल नहुँदा पुलिसमा लिगमा पहिलो जित निकाल्यो । पहिलो जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ भने लगातार दोस्रो हार बेहोरेको जावलाखेल अंकबिहीन छ।

लिग अन्तर्गत गत सोमबार दुई खेल हुनेछ ।  दिउँसो १ बजे हुने खेलमा एनआटीले ब्रिगेड बोइज क्लबको सामाना गर्नै छ भने अपरान्ह ४:४५ बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले र विभागीय त्रिभुवन आर्मी क्लबको सामाना गर्नेछ।

प्रकाशित मिति: २०:२२ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्