Kathmandu Press

आगलागीमा परेर दुई बालकको मृत्यु

चितवन, मंसिर १२ : चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ।राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार...
आगलागीमा परेर दुई बालकको मृत्यु

चितवन, मंसिर १२ : चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ।

राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियो। आगलागीमा परी जितबहादुरको छोरातर्फका नाति तीन वर्षीय सुरज र उनकै छोरीतर्फको तीन वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

आगलागीबाट घरघरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएको छ। घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ। शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ।

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्