Kathmandu Press

कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी

स्याङ्जा, मंसिर ११ : नेपाली कांग्रेस स्याङजाको जिल्ला सभापतिमा युवा नेता राजु थापा विजयी भएका छन्।आज बिहान सम्पन्न मत गणना अनुसार थापाले ३२...
कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी

स्याङ्जा, मंसिर ११ : नेपाली कांग्रेस स्याङजाको जिल्ला सभापतिमा युवा नेता राजु थापा विजयी भएका छन्।

आज बिहान सम्पन्न मत गणना अनुसार थापाले ३२ मतको अन्तरले प्रतिस्पर्धी भागवत प्रकाश मल्ललाई पराजित गरेका हुन्। थापाले एक हजार एक सय १७ मत पाउँदा मल्लले एक हजार ८५ मत पाएका छन्।

दुई हजार दुई सय ५७ मतदातामध्ये दुई हजार दुई सय १८ जनाले मतदान गरेका थिए। थापा संविधान सभा सदस्य हुन् भने मल्ल हाल गण्डकी प्रदेश सभामा संसदीय दलका सचेतक छन्।

केन्द्रको धार स्पष्ट रुपमा नदेखिएको स्याङ्जामा वडा तहदेखि नै पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ समूह र थापा समूहको प्रतिस्पर्धामा थियो। थापा केन्द्रमा देउवा निकट मानिन्छन्।

मल्ल भने कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ निकट भनेर चिनिन्छन्। वडा तहदेखि जिल्ला तहसम्मको राजनीतिमा थापा समूहले वर्चस्व कायम राखेको छ। जिल्ल कार्यसमितिमा भने मिश्रित परिणाम आएको छ।

उपसभापतिमा केदार काफ्ले र शेरबहादुर थापा, सचिवमा गुरु भट्टराई र दामोदर लम्साल, सह सचिवमा ध्रुवबन्धु पौडेल र पृथ्वी पोखरेल निर्वाचित भएका छन्। काफ्ले, भट्टराई र पौडेल थापा प्यानलबाट चुनाव लडेका हुन् भने थापा, लम्साल र पोखरेल मल्ल प्यानलबाट चुनावी मैदानमा थिए।

प्रकाशित मिति: ०६:५० बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्