Kathmandu Press

टि–२० महिला विश्वकप छनोट: मलेसियामाथि नेपालको सहज जित

काठमाडाैं, मंसिर १० : आईसिसी टि–२० महिला विश्वकपको एसियन छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ। शुक्रबर दुबईमा भएको खेलमा नेपालले मलेसियामाथि ६...
टि–२० महिला विश्वकप छनोट: मलेसियामाथि नेपालको सहज जित
Hardik ivfHardik ivf

काठमाडाैं, मंसिर १० : आईसिसी टि–२० महिला विश्वकपको एसियन छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ। शुक्रबर दुबईमा भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्यो ।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपाली महिला टिमले त्यसपछि भुटान र कुवेतलाई हराएको थियो । जितसँगै नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा छ । ६ अंक नै जोडेको यूएईले रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । छनोटमा शीर्ष स्थानमा रहने टिमले ग्लोबल क्वालिफायर खेल्नेछ।

पहिला ब्याटिङ गर्दै मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुँवरले १० रन बनाइन् ।

मलेसियाका आइसा इलिसाले १ विकेट लिइन् । नेपालका ३ खेलाडी रनआउट भएका थिए।

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन जोड्यो। मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् भने मास इलिएसाले १४, युसरिना याकोपले १२ रन बनाए ।

नेपालका लागि सवनम राईले दुई विकेट लिँदा रुविना क्षेत्री, सीता राना मगर र कविता कुँवरले समान १ विकेट लिए।

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्