Kathmandu Press

फिफा अवार्डको मनोनयन सार्वजनिक

काठमाडाैं, मंसिर ७: द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । फिफाले सोमबार प्रत्येक विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरेको हो ।...
फिफा अवार्डको मनोनयन सार्वजनिक
Hardik ivfHardik ivf

काठमाडाैं, मंसिर ७: द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । फिफाले सोमबार प्रत्येक विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरेको हो । प्रत्येक विधामा ११ जना मनोनयनमा परेका छन्।

यो अवार्डको सबैभन्दा मत्वपूर्ण वर्ष पुरुष खेलाडीका लागि स्टार खेलाडीहरु मनोनयनमा परेका छन्। जसमा गत वर्षका विजेता रोबर्ट लेवान्डोस्कीदेखि क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र करिम बेन्जिमासम्म छन्।

मनोनयनमा लेवान्डोस्की, रोनाल्डो, मेस्सी, बेन्जिमासँगै केभिन डे ब्रुएन, अर्लिङ हालान्ड, जर्गिन्हो, एन’गोलो कान्टे, किलियन एमबाप्पे, नेयमार र मोहम्मद सालाह छन् ।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा एन्टोनियो कोन्टे, हान्सी फ्लिक, पेप ग्वार्डिओला, रोवर्टो मान्चिनी, लिओनल स्कोलानी, डिइएगो सिमिओनी र थोमस टुचेल परेका छन् । भने उत्कृष्ट गोलकिपरको अवार्डका लागि लिभरपुलका एलिसन बेकर, पिएसजीका जियानलुइजी डोनारुमा, चेल्सीका इडवार्ड मेन्डी, बायर्न म्युनिखका इमानुअल नुयर र लेस्टर सिटीका कास्पर स्माइकल छन्।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्