Kathmandu Press

यस्तो बन्यो ‘चपली हाइट ३’ को ट्रेलर (भिडियो) 

काठमाडौं, मंसिर ३ : चलचित्र  ‘चपली हाइट ३’  ट्रेलर सार्वजनिक गरेको छ ।चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी,...
यस्तो बन्यो ‘चपली हाइट ३’ को ट्रेलर (भिडियो) 

काठमाडौं, मंसिर ३ : चलचित्र  ‘चपली हाइट ३’  ट्रेलर सार्वजनिक गरेको छ ।

चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौंला, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतको अभिनय रहेको छ ।

सार्वजनिक ट्रेलरमा सबैजसो लिड कलाकारलाई ट्रेलरमा देख्न पाइन्छ । निकेश खड्काको निर्देशनमा बनेको फिल्म आगामी पौष २ गतेबाट दर्शकसामु आउदै छ ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन तथा दिर्घ खड्काको सम्पादन छ । फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

यो चलचित्र चर्चामा रहेको  ‘चपली हाइट’को तेस्रो सिक्वेल हो । चलचित्रलाई डा. बुद्धिमान श्रेष्ठ र अर्जुन कुमारले मिलेर लगानी गरेका छन् । 

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्