Kathmandu Press

कानून व्यवसायीको धर्नामा प्रहरीको बल प्रयोग, १२ घाइते

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका कानून व्यवसायीहरू माथि प्रहरीले बल प्रयोग गरेको छ ।
कानून व्यवसायीको धर्नामा प्रहरीको बल प्रयोग, १२ घाइते

काठमाडौं, मंसिर २ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका कानून व्यवसायीहरू माथि प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीको बल प्रयोगमा परी बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।

सर्वोच्च परिसरमा धर्नामा बसेका कानून व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो । सुरक्षा घेरा तोड्न खोजेपछि बल प्रयोग गरिएको दाबी प्रहरीको छ ।

सर्वाेच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जनसहितका कानुन व्यवसायी घाइते भएका छन् ।

प्रकाशित मिति: ११:४७ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्