Kathmandu Press

डोल्पामा छायांकन हुँदै ‘बुलाकी’

डोल्पामा छायांकन हुँदै ‘बुलाकी’

काठमाडौं, कात्तिक ३० : चलचित्र ‘बुलाकी’को डोल्पामा छायांकन भइरहेको छ । चलचित्रको ३५ प्रतिशत छायांकन सकिएको छ । डोल्पाको त्रिपुरा नगरपालिकाको सु–गाउँ,लहरालगायतका स्थानमा छायांकन भइरहेको चलचित्र छायांकनका लागि तिहार अघि नै युनीट काठमाडौंबाट डोल्पा पुगेको थियो। 

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता विराज विष्ट,प्रकाश कँडेल,सरस्वती खत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । इन्टरनेट तथा मोबाइल टावरको प्रचुर व्यवस्था नभएको स्थानहरुमा छायांकन भइरहेकाले आफूहरु अर्कै दुनियाँमा पुगेजस्तो महसुस भइरहेको अभिनेता विराजले बताए । ‘यहाँ न नेट छ, न मोबाइल टिप्छ,’ आफू सुगम स्थानमा आएको मौका छोपी फोन गरेको बताउँदै उनले भने,‘हामीहरु अर्कै दुनीयाँमा आएजस्तो महसुस भइरहेको छ,’ उनले भने । 

कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिब ढकाल हुन् । से–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,कमल गाउँले,अमीत परियारलगायतको पनि अभिनय छ । सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोविन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । फिल्मको पूरा छायांकन सकिन अझै दुई साता लाग्ने बताइएको छ । 
 

प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्