Kathmandu Press

मेगा बैंकले १२.०७ प्रतिशत बोनस सेयर दिने 

काठमाडौं, कात्तिक २४ : मेगा बैंकले आफ्ना सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने भएको छ।कम्पनीको मंगलबार बसेको ३४२औं सञ्चालक समितिको बैठकले गत आर्थिक...
मेगा बैंकले १२.०७ प्रतिशत बोनस सेयर दिने 

काठमाडौं, कात्तिक २४ : मेगा बैंकले आफ्ना सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने भएको छ।

कम्पनीको मंगलबार बसेको ३४२औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट उक्त बोनस सेयर दिने प्रस्ताव गरेको कम्पनी सचिव  तुल्सीराम पोखरेलले जानकारी दिएका छन्।

कम्पनीले १२ प्रतिशतका दरले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र बैंकका आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्