Kathmandu Press

काम गर्न नसकेर रावलको राजीनामा : ओली

काठमाडाैं, कात्तिक ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनको संयोजक पदबाट दिएको...
काम गर्न नसकेर रावलको राजीनामा : ओली
Hardik ivfHardik ivf

काठमाडाैं, कात्तिक ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनको संयोजक पदबाट दिएको राजीनामाबारे टिप्पणी गरेका छन्। 

१० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिको संयोजक पदबाट राजीनामा दिएपछि काम गर्न नसकेर रावलले राजीनामा दिएको ओलीले बताएका हुन्।

आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा भन्नुभयो। त्यति ठूलो कुरा होइन, लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’

रावलले शुक्रबार १० बुँदे सहमति कार्यान्वयनमा ओली गम्भीर नदेखिएको भन्दै राजीनामा दिएका थिए।

गत बुधबार एक कार्यक्रममा ओलीले अब १० बुँदेको एकतारे पनि धेरै बजाउनुको अर्थ नभएको बताएपछि शुक्रबार बसेको स्थायी कमिटी बैठकमा नेताहरुले आवाज उठाएका थिए।

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्