Kathmandu Press

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं, कात्तिक ६ : रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित सीता राइस मिल नजिक सडकमा लु३०प ४२६०...
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ६ : रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित सीता राइस मिल नजिक सडकमा लु३०प ४२६० नम्बरको स्कुटर आफैं अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ शंकरनगर बस्ने २४ वर्षीया सुस्मिता क्षेत्रीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

चितवनको भरतपुर महानगरपालिका–६ पुलरस्थित सडकमा ना१क ३३६८ नम्बरको बसले ना२प ५६२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने २० वर्षीय निरज विकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्